रामेछापको चनखुमा सोनाम ल्होछार भव्यताको साथ सम्पन्न (फोटो फिचर सहित )

रामेछाप ,माघ २२:

२८५५ औ ड्वा ल्हो सोनाम ल्होछारको अवसरमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ ।
“तामाङ भाषा ,कला ,धर्म र सस्कृती हाम्रो पहिचान ,यसको संरक्षण सम्बर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक सस्थाद्वारा आयोजित सोनाम ल्होछार विशेष सास्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको कार्यक्रमका अध्यक्ष कुलमान तामाङ्ग ले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व गृहराज्यमन्त्री एवम् संघीय सासद श्याम कुमार श्रेष्ठ लगायत जिल्ला प्रशान कार्यलय रामेछापका प्रमुख कृष्णप्रसाद शर्मा , जिल्ला समन्वय समितिका पमुख प्रेम खड्का , मन्थली नगरपालिकाका उप-मेयर माया कार्की सोही वडाका वडाध्यक्ष भरत बहादुर बोहोरा लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा रहेको थियो ।
कार्यक्रममा मन्तव्य दिदै प्रमुख अतिथि श्याम कुमार श्रेष्ठले अहिलेको नेकपा सरकारले सम्पुर्ण भाषाभाषिहरुलाइ सम्मान गर्ने बताउदै सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रम मार्फत सबैलाई ल्होछारको शुभकामना दिए ।
त्यसैगरी अन्तमा सस्थाका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष तामाङ्गले आफ्नो सस्थाद्वारा आगामी बर्षहरुमा अझ बृहत तरिकाले ल्होछार कार्यक्रम गर्ने जानकारी गराउदै सबैजनाले साथ र सहयोग गर्न अनुरोध गरे ।

Comments

comments

Read More