सङ्घीय ट्रेडयुनियन महासंघको कनकाई समिति गठन

४ फागुन , दमक ।
सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: अविनारायण घिमिरे, उमाकान्त ढकाल, राजकुमार श्रेष्ठ र दिवेश पन्डित चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तुलसी बिमली, सन्जिव गौतम, लयप्रसाद चिमरिया र राजन भट्टाराई चयन भएका छन् । महासंघका केन्द्रीय सदस्य एवम् १ नम्बर प्रदेश उपाध्यक्ष अनिल लामाले जानकारी दिए ।

भेलामा सङ्घीय समाजवादी फोरम, नेपाल झापा जिल्ला अध्यक्ष धिरेन सुब्बा लावती, ट्रेडयुनियन महासंघ दमकका अध्यक्ष मिलन गिरी लगायतको उपस्थिति रहेको थियो ।

Comments

comments

Read More