पर्यटकिय क्षेत्र शैंलुङमा जग्गाको मूल्य बढ्यो, रोपनीको ३० देखी ३५ लाख सम्म

१० फागुन , काठमाडौं । दोलखाको पर्यटकिय क्षेत्र शैंलुङमा जग्गाको मूल्य आकाशिएको छ । केही समय अगाडी मात्रै सरकारले १ सय गन्तब्यमा शैंलुङ देखी जिरीसम्मको क्षेत्रलाई समेटे पछि उक्त क्षेत्रमा जग्गाको मूल्य आकाशिएको हो ।

१ सय गन्तब्य भित्र परेको शैंलुङमा शैंलुङ गाउँपालीकाले होटल ब्यवसाय गर्न चाहानेहरुका लागि प्रोत्साहन स्वरुप २ लाख रुपैयाँ अनुदान दिने भएपछि जग्गाको मूल्य पनि बढेको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिएका छन ।

‘केही समय अगाडी सम्म रोपनिको ५÷६ लाख पर्ने जग्गा होटल संचालनको लागि गाउँपालिकाले अनुदान दिने भए पछि अहिले रोपनिको ३०÷३५ लाख पुगेको छ’, अध्यक्ष दुलालले भने ।

गाउँपालिकाले भने पहिलो सम्पर्कमा आउने १० जनालाई २ लाख रुपैयाँको दरले सो क्षेत्रमा होटल ब्यवसाय गर्ने ब्यक्तिलाई प्रदानगर्ने निर्णय गरिसकेको छ । पर्यटन क्षेत्र शैंलुङमा पर्यटकको संख्या बढे पनि सो क्षेत्रमा खान बस्नको समस्या भए पछि गाउँपालिकाले होटल संचालनको लागि अनुदान स्वरुप उक्त रकम दिन लागेको हो ।

अहिले सम्म सो क्षेत्रमा होटल संचालन गर्न ५÷६ जनाले आफुसँगको सम्पर्कमा आईसकेको अध्यक्ष दुलालले बताए । होटल संचालन गर्न भने ब्यक्तिको जग्गा भाडामा लिए पनि वा खरिद गर्न पनि पाईने छ । होटल ब्यवसायिले भने गाउँपालिकाको निर्णय अनुसार होटल संचालन गर्नुपर्ने छ ।

हामीले केही मापदण्डहरु बनाएका छौं सोही मापदण्डअनुसार होटल संचालन गर्नुपर्ने छ अध्यक्ष दुलालले भने । अहिले सो क्षेत्रमा सडक र खानेपानी भने पुगीसकेको बताउँदै अध्यक्ष दुलालले भने अरु विस्तारै थप्दै जानेछौं ।

सय थुम्का रहेको शैलुङमा पर्यटक आकर्षित गर्न केही समय अगाडीनै भ्युटावरको निर्माण गरि संचालनमा आईसकेको छ भने बौद्धमार्गीहरुको लागि छ्योर्तेनको निर्माण भईरहेको छ, हामी अरु पूर्वधारहरु पनि निर्माणको क्रममा छौं, अध्यक्ष दुलालले भने ।

Comments

comments

Read More