एलआइसीमा ३६ जनाले गरे रक्तदान

पोखरा, ११ फागुन । पेशागत बिमा अभिकर्ता संघ नेपाल, शाखा समिति एल.आइ.सी. पोखरा र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड पोखरा शाखाको आयोजनामा शनिवार पोखरामा सम्पन्न रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

रक्तदान जीवनदान, जीवनदान महादान नाराका साथ एल आइ सी शाखा कार्यालय नागढुंगामा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभाका सदस्य मीना गुरुङले पहिलो रक्तदाता पेशागत बीमा अधिकर्ता संघका संस्थापक अध्यक्ष तथा एल आइ सी का एजेन्सी मेनेजर रुकबहादुर गुरुङलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो।प्रमुख अतिथि सांसद गुरुङले रक्तदान सबैभन्दा ठुलो सामाजिक सेवा हो भन्नुहुदै मन्दिरमा घण्टी बजाउनु भन्दा रक्तदान गरे कैयौं गुणा धर्म मिल्ने बताउनुभयो।

एसआइसीले बीमा मार्फत भविष्य सुरक्षित मात्रै होइन रक्तदान लगायतका सामाजिक सेवा पनि गरी नागरिकलाई सेवा पुर्याइरहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। बीमाका बारेमा सेचतनाका अभावले धनिलाई बीमा नै नचाहिने गरिबले बीमा नै गर्न नसक्ने जस्तो भइरहेकाले सवैलाई सचेत बनाउदै सबैलका लागि बीमा अभियान जरुरी रहेको उहाँको भनाई थियो। सुरक्षित भविष्यका लागि बीमा सचेतना, बीमाले दिने सेवा सुविधाका बारेमा नागरिक र राज्यसँग अभियान गर्नुपर्ने प्रमुख अतिथिको सुझाव थियो।एलआइसी नेपाल लि.का शाखा प्रमुख गिरीराज घिमिरेले कार्यक्रमको शुभकामना व्यक्त गर्नुहुदै नागरिकको जीवन सुरक्षाका लागि रक्तदान आयोजना गरिएको बताउनुभयो। रक्तदान जीवनदान जस्तै बीमा पनि जीवन सुरक्षा भएको उहाँको भनाई थियो।

पेशागत बीमा अभिकर्ता संंघका सचिव केदारनाथ अधिकारीले राज्यले बीमा सम्बन्धि सहज ऐन बनाउनुपर्ने माग गर्नुभयो। जीवन सुरक्षाका लागि व्यवस्थित ढंगले बीमा अभियानमा बेला बखत राज्यको तर्फबाट समस्याका कुराहरु आउनु दुखदायी भएको बताउनुभयो।राज्यले गर्नुपर्न काम बीम कम्पनीहरु गरिरहदा सहज र थप व्यवस्थित बनाउन चाहेको हो भने राज्य सकरात्मक ढंगले नियमनको पहल गर्नुपर्ने उहाँको भनाई थियो।उक्त रक्तदान कार्यक्रम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रको प्राविधीक सहयोग रहेको थियो। रक्तदाताहरुलाई प्रमुख अतिथि लगायत अतिथिहरुले प्रशंसा पत्र वितरण गरिएको थियो।

रक्तदानसँगै स्याङ्जा चापाकोट ४ का मिर्गौला पीडित ढकमाया गुरुङलाई सहयोग स्वरुप एलआइसीका तर्फबाट संकलित १६ हजार १५० रुपैया पीडितका पति पदमबहादुर गुरुङलाई प्रमुख अतिथि सांसद गुरुङले हस्तान्तरण गर्नुभएको थियो। यस अघि एलआइसीका तर्फबा २५ हजार र गाँउलेहरुबाट संकलित ३ लाख भन्दा बढी सहयोगी गरिएको एजेन्सी मेनेजर रुकबहादुर गुरुङले जानकारी दिनुभयो।पोशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षता र सहसचिव नमराज क्षेत्रीले कार्यक्रम संचालन गर्नुभएको थियो।

Comments

comments

Read More