स्वतन्त्रका विभिन्न जिल्लाको अधिवेशन तयारी तीव्र

पोखरा, ११ फागुन । स्वतन्त्र पत्रकार संघ नेपालले पश्चिम नेपालका विभिन्न जिल्लामा पत्रकारको भेला तथा अधिवेशनको तयारी तीव्र पारेको छ ।

‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने शुद्धिकरण अभियानका साथ सुदूरपश्चिममा शाखा विस्तार तथा जिल्ला शाखाहरूको अधिवेशन तयारीमा जुटेको हो ।

संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा एक टोली फागुन १५ गते त्यसतर्फ प्रस्थान गर्ने गर्दैछ । सो टोलीमा संघका महासचिव नवराज पहाडी, उपमहासचिव राजेन्द्रजंग रायमाझी, कोषाध्यक्ष वीरेन्द्र पाण्डे, राष्ट्रिय पार्षद डिआरजी सुमन लगायत संलग्न रहनेछन् ।

संघको कञ्चनपुरमा फागुन १६ गते जिल्ला भेला हुँदैछ । यसैगरी, फागुन १७ गते कैलाली र १८ गते बर्दियामा भेला हुने र शाखा विस्तार तयारी भएको संघका महासचिव पहाडीले बताए।

उनका अनुसार कञ्चनपुरमा पुष्कर भट्टले त्यस कार्यमा संयोजन गरिरहेका छन् भने कैलालीमा पाण्डव पुजाराले भेलाको व्यवस्थापन कार्य गरिरहेका छन् । बर्दियामा बाँके शाखाका अध्यक्ष नमस्कार शाहको संयोजनमा शाखा विस्तारको कार्य भइरहेको छ ।

संघको बाँके जिल्ला शाखा अधिवेशन फागुन १८, दाङको फागुन १९ र कपिलवस्तुको फागुन २० मा अधिवेशन गर्ने तयारी भएको छ । संघको राष्ट्रिय समितिले चैत १५ गतेभित्र जिल्ला अधिवेशन सक्नका लागि जिल्ला शाखालाई निर्देशन दिएको छ । यसअघि अर्घाखाँची, रुपन्देही र पाल्पा शाखाका जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् ।

यसैबीच, नवलपुर शाखाले चैत ११ देखि साताव्यापी समाचार लेखन तथा उद्घोषण तालिमको तयारी गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको संघका हालसम्म १७ जिल्लामा शाखा स्थापना भइसकेको संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए ।

Comments

comments

Read More