चर्चित गायक मुक्तिनाथ उप्रतीको लाली लाउने ओठ लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक

चन्द्र बहादुर तामांङ

पालुङ्ग फागुन १४ : चर्चित गायक मुक्तिनाथ उप्रतीको लाली लाउने ओठ लोकदोहोरी गीतको म्युजिक भिडियो ईसरोकार टिभी युटुब च्यानल बाट सार्वजनिक भएको छ । मुक्तिनाथ उप्रेती, संजोग कुमार ढकाल र ईन्दिरा गोले गुरुङको स्वर रहेको उक्त गीतमा मुक्तिनाथ उप्रेतीकै शब्द/सङ्गीत तथा लय रहेको छ । उप्रेतीले केही दिन आगडि मात्रै हेटौडा हुदै दामन जाने हो टिस्टुङ जाने हो बोलको गीत सार्वजनिक गरेका थिए। गायक मुक्तिनाथ उप्रेतीको थुप्रै गीत सार्वजनिक भैसकेको छ जसम्ध्ये “टिस्टुङ पालुङ्ग गाउँ रिखेस्वर थानैमा माया प्रीती लाउ” भन्ने बोलको गीतले निक लोकप्रीयता कमाउन सफल भएको थियो। उनको “सारै राम्री रुपकी धनी” ,” झ्याइ पारौ एसपाली” दोहोरी गीतको भिडियो पनि युटुबमा भेटाउन सकिन्छ त्यस सङ्गै चर्चित गायिका मेलिना राइसङ्ग चलचित्र तथा आधुनिक गीत समेत रेकर्ड गराइसकेका उनको आधुनिक डान्सिङ्ग गीत “गोरि है गोरि” अहिले चर्चामा रहेको छ । भने लाली लाउने ओठ गीतको भिडियो आज मात्रै सार्वजनिक गरेका हुन । शर्मिला स्याङतानको निर्देशन रहेको भिडियोमा रमेश कुमार रिजाल सुस्मिता तामाङ बुद्धिमान लो प्रमिला स्याङतान र रामचन्द्र स्याङ्तानले ले अभिनय गरेका छन ।थाहा नगरपालिका वडा नम्बर १ मा रहेको पाल्देन डुक्मा गुम्बामा खिचिएको म्युजिक भिडियोमा सानोबाबु मुक्तानको छायान्कन , मुकेश गोलेको सम्पादन, नाङ्साल मिडिया तथा थाहा कला केन्द्रको निर्माण रहेको छ ।

भिडियो हेर्न को लागि यो लिंगक मा क्लिक गर्नुहोस

Comments

comments

Read More