धर्मकाया बुद्धमण्डला निर्माणका लागि युकेबाट ३ लाख ९० हजार सहयोग

हुम तमु

पोखरा, १६ फागुन । पोखरा ११ काहुँडाडामा बिशाल बुद्धको मुर्तिसहित निर्माण हुने धर्मकाया बुद्धमण्डला निर्माणार्थ ३ लाख ९० हजार ६० रुपैया सहयोग हस्तान्तरण गरिएको छ ।

साउथ इष्ट रिजनल तमु धिं लण्डन युकेका पुर्व अध्यक्ष श्रीचन्द्र गुरुङले उक्त रकम बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी तमुलाई हस्तान्तरण गर्नुभएको हो ।

पोखरा ३ नदिपुरस्थित धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिको कार्यालयमा आयोजित साउथ इष्ट रिजनल तमु धिं लण्डन युकेका पुर्व अध्यक्ष श्रीचन्द्र गुरुङलाई स्वागत कार्यक्रममा बुद्धमण्डला निर्माणका लागि साउथ इष्ट रिजनल तमु धिं लण्डन युकेका तर्फबाट १ लाख ८० हजार ६० रुपैया, पुम्दीभुम्दी घर भई युके निवासी लालदेवी÷लालधारा तमुको तर्फबाट १ लाख ५ हजार, पुम्दीभुम्दी घर भै युके निवासी बलमान(एम एम)÷बुद्धिकुमारी तमुको तर्फबाट १ लाख ५ हजार रुपैया गरी उक्त रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रम सहयोग रकम हस्तान्तरण गर्नुहुदै साउथ इष्ट रिजनल तमु धिं लण्डन युकेका पुर्व अध्यक्ष श्रीचन्द्र गुरुङले पोखराको समृद्धिको आधार बन्ने बुद्धमण्डला निर्माण योजनालाई आफुहरुले सक्दो सहयोग गर्ने बताउनुभयो। आफु विदेशमा रहेता पनि मातृभुमिको विकास र अग्रगतिको लागि सधै साथ रहेको उहाँको भनाई थियो।आफुहरुले युकेको प्लमस्टिड डायमण्ड बुद्धिष्ट सोसाइटी गठन गरि गुम्बा निर्माण अभियानमा जुटिरहेको समेत जानकारी दिनुभयो ।

धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी तमुको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार अशोक पालिखे, कार्यसमिति सदस्य तथा कार्यक्रमको संयोजनकर्ता मेजर लक्ष्मीप्रसाद तमु र कावा सचिव पुर्ण लामाले मण्डला निर्माणको क्रमका विविध बारेमा जानकारी दिनुहुदै सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Comments

comments

Read More