ओखलढुंगाको बलखुका अग्नी पीडितलाई पूर्व सभाषद् सहयोग

ओखलढुंगा-माघ १७ ;ओखलढुंगाको बलखुका अग्नी पीडितलाई कांग्रेस नेता रामहरि खतिवडाले सहयोग गरेका छन् । पूर्व सभाषद् समेत रहेका कांग्रेस नेता खतिवडाले जिल्लाको सुनकोशी गाउँपालिका–१ बलखुका अग्नी पीडितलाई राहत सामाग्री सहयोग गरेका हुन् ।

खतिवडाले आगलागी पीडितलाई प्रति परिवार एक बोरा चामल सहितको खाद्यान्न, ओढ्ने ओछ्याउने कम्बल र सबै अग्नी पीडितलाई एक–एक जोर कपडा सहयोग गरेको उनका स्वकिय सचिव हुकुम राईले जानकारी दिए । सरकारी राहत कुरेर आफ्नो व्यवस्थापनमा जुट्न पीडितलाई समय लाग्ने भएकाले उनीहरुको जिवीकोपार्जन सहज होस् भनेर सहयोग गरिएको उनको भनाई छ । नेता खतिवडाले शुक्रबार बिहान घरैमा पुगेर पीडितलाई राहत वितरण गरेका हुन् ।
यसअघि बलखुका अग्नी पीडितलाई बिहिबार लायन्स क्लव अफ काठमाडौं ओखलढुंगा र लायन्स क्लब अफ काठमाडौं कान्तिपुरले सयुन्क्त रुपमा राहत बितरण गरेको थियो । लायन्स क्लब अफ काठमाडौं ओखलढुंगाका अध्यक्ष बाल्कृष्ण दाहाल, सचिब कुमार लुइटेल, नेकपा स्थायी समिती सदस्य पेशल खतिवडा र नेपाली काङ्ग्रेस ओखलढुंगा काठमाडौं सम्पर्क समिती सभापती रमेश तामाङ सहितको टोलीले आगलागी भएको स्थानमा पुगेर राहत वितरण गरेको थियो ।

गत मंगलबार ओखलढुंगाको सुनकोसी गाउँपालिका १ बलखुमा आगलागी हुँदा एक घरसहित तीन गोठ जलेर नष्ट भएका थिए । स्थानीय अम्बिका लुँइटेलको गोठबाट सल्किएको आगोले एक घर, तीन गोठ सहित १० बाख्रा जलेका थिए । आगलागीबाट लुँइटेलको गोठसहित सात बाख्रा जलेका छन् । त्यस्तै पिताम्बर लुइटेलको एक घर, हर्कमाया लुँइटेल र राजन लुँइटेलको गोठसहित ३ बाख्रा जलेका थिए । घरसहित सबै अन्नबाली, लत्ता कपडा जलेर नष्ट भएपछि पीडितहरु बिचल्लीमा परेका छन् ।

Comments

comments

Read More