१०९ औं अन्तराष्ट्रिय महिला दिवस ओखलढुंगामा पनि मनाईने

१७-माघ ओखलढुंगामा;  १०९ औं अन्तराष्ट्रिय महिला दिवस ओखलढुंगामा पनि मनाईने भएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा महिला तथा किशोरी अगुवाहरुले फाल्गुन २४ गते दिवस मनाउने भएका हुन् ।
सिद्धिचरण नगरपालिकाको वडा नम्वर १ र २ मा रहेका महिला सहकारी संस्थाले वडा स्थित सबै सघ÷संस्थासंग समन्वय गरी वडा–वडामै दिवस मनाउने र अन्य वडाका सबै महिला समुह, समिति, सहकारी, किशोरी समुहका प्रदाधिकारीहरुले नगरपालिकाले आयोजना गर्ने कार्यक्रममा भेला भएर दिवस मनाउने नगरपालिकाको महिला विकास शाखाका प्रमुख सरिता तामाङले जानकारी दिईन् । फाल्गुण २४ गते विहान १० बजे खाद्य संस्थानको प्राङ्गणबाट ¥याली सुरु गरी बजार परिक्रमा पश्चात जिल्ला समन्वय समितिको हलमा दिवस विशेष कार्यक्रम गरिने भएको छ ।
महिला सहकारीका प्रदाधिकारी, नगर बाल सञ्जाल, र अन्य सरोकारवाला संस्थाहरुसंग सिद्धिचरण नगरपालिकाको महिला, तथा बालवालिका शाखाले चौमासिक अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा मार्च ८ लाई विशेष दिनका रुपमा मनाउने विषयमा विभिन्न निर्णयहरु भएका छन् । महिला जागरूकता सम्बन्धी यो दिवस ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानताका सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।

Comments

comments

Read More