१ नम्बर प्रदेश स्तरिय पुरुष भलिबलको उपाधि झापाले जित्यो

१७ माघ- ओखलढुंगामा : प्रदेश नम्बर-१   स्तरिय पुरुष भलिबलको उपाधि झापाले जितेको छ । ओखलढुंगामा शुक्रबार सम्पन्न प्रदेश स्तरिय पुरुष भलिबलको छनौट प्रतियोगितामा भोजपुरलाई हराउँदै झापाले उपाधि जितेको हो । त्यस्तै संखुवासभालाई हराउदै सुनसरीले तेस्रो स्थान हाँसील गरेको छ ।
प्रदेश स्तरीय खेल बाट छनोट भएका खेलाडी राष्ट्रिय स्तरका खेलमा सहभागी हुनेछन् । ओखलढुंगाबाट संजय बुढाथोकी, डोर बहादुर बस्नेत र समित बहादुर बस्नेत, झापाबाट नविन रिजाल, दिपेन मल्ली, राजन लिम्बु, सरोज चौलागाई र रोहीत शिवाकोटी छनोट भएका छन् । त्यस्तै सुनसरीबाट बसन्त राई, दिवस लिम्बु, मोरङबाट रविन गौतम, उदयपुरबाट कृष्ण थापा, भोजपुरबाट मनिस गौतम, सोलुखुम्बुबाट संजय बस्नेत, संखुवासभाबाट प्रदिप कटेल र सुरेन्द्र गीरी राष्ट्रिय खेलका लागि छनोट भएका छन् ।

Comments

comments

Read More