नेकपा रामेछापमा पहिरो,१५० भन्दा बढी फोरम नेपालमा प्रबेश

सङ्घिय समाजबादी फोरम नेपाल रामेछापको आयोजनामा बृहत पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोरम्बा गाउपालिका वडा न ५ का नेता लोक बहादुर श्रेष्ठको नेतृत्वमा हिजो १५० जना भन्दा बढी नेता तथा कार्याकर्ता सङ्घिय समाजबादी फोरम नेपालमा प्रबेश भएका छन ।
काठमाडौं कोटेश्वरको गौरी शंकर पार्टी प्यालेसमा भएको पार्टी प्रबेश कार्यक्रममा पार्टी अध्यक्ष तथा सरकारका उप प्रधानमन्त्री एबम स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, पार्टी बरिस्ठ नेता अशोक कुमार राई , पार्टी सह अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठका साथै केन्द्रिय नेताहरु, प्रदेश समितिका नेताहरु र जिल्ला समितिका नेताहरुले भब्य स्वागत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी उप प्रधानमन्त्री यादव ले फेरि पनि शासकहरु सङ एक पटक संघर्षको लडाइँ लड्नु पर्ने भएको हुदा त्यसको जिम्मेवारी हाम्रो पार्टी र हाम्रो काधमा आएकोले अब सम्पुर्ण पहिचानबादी शक्तिहरु एक हुनु पर्ने बताउनु भयो ।
त्यसै गरि कार्यक्रमको बिशिस्ट अतिथिको रूपमा पार्टी बरिस्ठ नेता अशोक कुमार राइले यो एमाले र माओवादीको एकता तोरि र कोदो मिसाए जस्तै जस्तै हो । हेर्दमा एउटै रुप तर छुट्टाछुट्टै जात भएको बताउनु भयो यो दुईलाई मिसाए पछि न तेल निस्किन्छ न ढिडो खाना नै मिल्छ । त्यसैले अबको बैकल्पिक शक्ति भनेको सङ्घिय समाजबादी फोरम नेपाल नै रहेको दाबी गर्नु भयो । कार्यक्रमको सभा अध्यक्ष पार्टी जिल्ला अध्यक्ष सोनाम तामाङको रहेको थियो भने कार्यक्रमलाई जिल्ला उपाध्यक्ष अमृत सुनुवारले सन्चालान गर्नु भएको थियो त्यसै गरि पार्टी जिल्ला सचिब रोज मोक्तानले स्वागत मन्तव्य राख्नु भएको थियो

Comments

comments

Read More