विनयबाबु स्मृति प्रतिष्ठान बन्यो च्याम्पियन

 

हिमाली डाँफे युवा क्लवको आयोजनामा भएको नगरस्तरीय भलिवल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नंम्बर २ का विनयबाबु स्मृति प्रतिष्ठानले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद, युवाको शान थाहा नगरको पहिचान भन्ने नारा सहित थाहा नगरमा सञ्चालित प्रतियोगिताको फाईनल खेल नवप्रतिभा युवाक्लव बज्रबाराहि र विनयबाबु स्मृति प्रतिष्ठान विच भएको थियो । प्रतियोगितामा प्रथम हुने विनयबाबु स्मृति प्रतिष्ठानले नगद रु ५००००।– सहित शिल्ड मेडल र प्रमाणपत्र द्धितिय हुने नवप्रतिभाले नगद रु २५०००– शिल्ड मेडल र प्रमाण पत्र हासिल गरेका छन ।

 

प्रतियोगितामा आग्रा स्पोर्टसले ले तलेजु युवाक्लव चित्लाङलाई लाई हराउँदै तृतिय स्थान हासिल गर्दै नगद रु १००००।– सहित मेडल प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडि विनयबाबु स्मृति प्रतिष्ठानका मनिष तामाङ घोषित भएका छन् । त्यस्तै प्रतियोगितामा उदयमान् खेलाडिमा हिमाली डाँफे युवा क्लवका निश्चल मगर घोषित भएका छन् । गत १७ गते देखि सुरु भएको नगर स्तरीय भलिबल प्रतियोगिता गत सोमबार प्रमूख अतिथि नगर प्रमूख लवशेर विष्टले समापन तथा पुरस्कार वितरण गर्नूभएको थियो ।

Comments

comments

Read More