काभ्रेमा ‘तेस्रो तामाङ चलचित्र महोत्सव’ हुने

५ चैत , काठमाडौं । तामाङ चलचित्र संघको आयोजनामा ‘तेस्रो तामाङ चलचित्र महोत्सव’ हुने भएको छ ।

महोत्सव काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका प्रदेश नं. तीन भकुण्डेमा आगामी चैत्र २९, ३० र बैशाख १ गते गरि ३ दिनसम्म हुने भएको छ । आज (मंगलबार) संघले तामाङ भवनमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

महोत्सवमा २०७० सालदेखिको तामाङ चलचित्र प्रदर्शन गर्ने भएको छ । सो महोत्सव प्रदर्शनमा आएको एक वटा उत्कृष्ट चलचित्रलाई नगद सहित सम्मान गर्ने साथै चलचित्र क्षेत्रमा काम गर्दै आएका कलाकारहरुलाई पनि सम्मान गर्ने आयोजकले बताएको छ ।

तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरका अनुसार तामाङ चलचित्रकाे माध्यमबाट तामाङ भाषा ,संस्कार, रितिरीवाज, कला संस्कृतिलाई प्रवर्द्धन गर्ने मात्र होइन शैक्षिक क्षेत्रमा पनि अघि बढ्ने बताउनुहुन्छ साथै यस महोत्सवले तामाङ चलचित्र क्षेत्रलाई अझ टेवा र हौसला प्रदान गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत कुमार सुनुवार, नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविण बल तामाङ , शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव तथा समाजसेवी कुमार थोकर, लगायतले शुभकामना मन्तव्य राखेका थिए

Comments

comments

Read More