कास्की जनजाति विद्यार्थी महासंघमा पुनः सुजन तामाङ

मोहन तामाङ्ग
पोखरा ९ चैत्र : नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समिति कास्कीले एक कार्यक्रम गरी  पुन: सुजन लामा (तामाङ) को नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

सुजन लामा (तामाङ) को नेतृत्वमा बनेको कार्यसमितिको

बरिष्ठ उपाध्यक्षमा ज्ञानु भुजेल

उपाध्यक्षमा द्वय दिनेश रोका मगर र रमेश गुरुङ,

सचिवमा प्रेम बुढा मगर,

स–सचिवमा त्रय किरण रानामगर, मनिष तितुङ तामाङ र हिरा पुर्जामगर

र कोषाध्यक्षमा मोहन तामाङ

निर्विरोध चयन भएका छन् । भने सदस्यमा अनिल पुन चयन भएका छन ।
त्यस्तै ९ जना सदस्यहरू पछि विभिन्न क्याम्पस तथा मावि समितिबाट थपिने गरी निर्णय भएको महासंघका नवनिर्वाचित अध्यक्ष लामाले बताए ।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष धर्म गुरुङले विद्यार्थीहरू आफैमा क्षमतावान, सक्षम र सवल भइरहँदा सिङ्गो आदिवासी समुदायलाई कसरी अगाडि बढाउने र आदिवासी समुदायको भाषा, धर्म, संस्कृति, भेषभूषा, रितीरिवाजलाई कसरी स्थापित गराउने सन्दर्भमा महत्वपूर्ण भूमिका रहेको बताए साथै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने समेत गुरुङले बताए ।
त्यस्तै भेलामा नवनिर्वाचित अध्यक्ष सुजन लामाले आगामी दिनमा विद्यार्थी महासंघका कसरी अगाडि बढाउने भन्ने ठोस योजना र लक्ष्य आफूसँग रहेको बताउँदै विगतमा दिनमा पनि विद्यार्थी महासंघ कास्कीले विभिन्न समयमा विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आएको स्मरण गरे । साथै आदिवासी जनजाति समुदायका विभिन्न जातीय संघ, संस्थाहरूबाट प्रतिनिधित्व गर्दै कार्यक्रममा उपस्थित महानुभावहरूलाई विद्यार्थी महासंघको तर्फबाट धन्यवाद दिए ।

नवनिर्वाचित अध्यक्ष सुजन लामा (तामाङ) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निवर्तमान सचिव प्रेम रोकामगरले गरेको थिए।

Comments

comments

Read More