चैत २९ देखि फेवा ताल किनारमा ‘फेवा नववर्ष महोत्सव २०७६’ हुने

पोखरा १५ चैत्र ,  यही चैत २९ देखि आगामी वेशाख १ गतेसम्म पोखराको फेवा ताल किनारस्थित कोमागाने पार्कमा १६औँ ‘फेवा नववर्ष महोत्सव २०७६’ आयोजना हुने भएको छ ।

नेपाली संस्कृति, खाना र सङ्गीतको प्रवद्र्धन गर्ने उद्देश्यसहित विभिन्न पर्यटनसँग सम्बनिधत संस्थाको सहयोगमा  पश्चिमाञ्चल होटल सङ्घ पोखराले महोत्सव आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । तीन दिने महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता, ख्यातिप्राप्त कलाकारको प्रस्तुति तथा बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रम, पर्यटक दौड, डुङ्गा दौडप्रतियोगिता आदि आकर्षण रहनेछन् । महोत्सवकै अवसरमा होटल तथा रेस्टुरामा १५ प्रतिशत छुट तथा विशेष प्याकेजको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष र सङ्घीय सरकारले अघि बढाएको नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटकीय गतिविधि बढाउने लक्ष्यका साथ कार्यक्रम गरिएको सङ्घका अध्यक्ष तुलाचनको भनाइ छ । होटल सङघका केन्द्रीय प्रथम उपाध्यक्ष सिर्जना राणाले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै भ्रमण वर्षलाई प्रभावकारी बनाउन अभियान उपयोगी बन्ने धारणा राख्नुभयो ।
बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले विगतमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानले नेपालमा आन्तरिक पर्यटनको माहौल सिर्जना गर्न सफल भएको बताउनुभयो । बोर्ड कार्यालय पोखराका प्रमुख मणि लामिछानेले आन्तरिक पर्यटन प्रवद्र्धनमा यस्ता अभियानको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।

Comments

comments

Read More