‘वाइडबडी’ प्रकरणका ५ विदेशी कम्पनीलाई बयानका लागि १५ दिने सूचना जारी

 

 

काठमाडौ, २० चैत्र : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘वाइडबडी’ विमान खरिद प्रकरणको अनुसन्धान भइरहेको जनाएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त नविन घिमिरेले नेपाल वायुसेवा निगमको संचालक समितिका पदाधिकारीमाथि अनुसन्धानको जारी रहेको जानकारी दिनुभयाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान लिएको र खरिदसँग जोडिएका विदेशी पाँच कम्पनीलाई बयानका लागि आउन १५ दिने सूचना जारी गरिएको जानकारी पनि घिमिरेले बताउनुभयाे ।

‘नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग बयान सकिएको छ’, उनले भने, ‘वाइडबडी जहाज प्रकरणमा जोडिएका पाँच विदेशी कम्पनीलाई बयानका लागि बोलाइएको छ।’ अनुसन्धान छिट्टै निष्कर्षमा पुग्ने उहाँको भनाइ थियो ।

अख्तियारले सार्वजनिक सूचना जारी गरी आयरल्यान्ड डब्लिनको हाई फ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीको जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाई फ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइटलाई बयानका लागि बोलाएको छ।

आयोगले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि तत्काल सबै तहमा लेखा परीक्षण हेर्ने संयन्त्रको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Comments

comments

Read More