दीपा वाईबाको “छार ग्यालम” (नयाँ बाटो) आउने

२२ चैत्र , काठमाडौं । तामाङ कथानक चलचित्र “छार ग्यालम” (नयाँ बाटो) को ट्रेलर सार्वजनिक भएको छ । आज (शुक्रबार) ठमेल त्रिदेवी मार्ग स्थित रिचमहल रेष्टुरेण्टमा एक समारोहका वीच सो ट्रेलर सार्वजनिक हो ।

कोशीपारी फिल्मस प्रा.लि.को व्यानरमा रहेको उक्त चलचित्रमा निर्माता दीपा लामा (वाईबा) र पविना तामाङकाे रहेको छ । साथै सह निर्मात्रीमा बुद्धमाया तामाङ , इन्द्रमाया तामाङ , कुमारी तामाङ रहेका छन् । चलचित्रमा सागर गोलेको कथावस्तु र निर्देशन रहेको छ । त्यस्तै द्वन्द राजु किराँत रहेको छ भने सम्पादन तुल्सी बास्कोटा तथा छायांकन लक्ष्मण घिमिरेको रहेको छ ।

काभ्रे, काठमाडौं र मकवानपुरको हेटौंडामा छायांकन गरिएको उक्त चलचित्रमा नायक कुमार मोक्तान, राहुल मोक्तान त्यस्तैगरि नायिका सुनिता लुङ्वा र संगीता दोङको मुख्य अभिनय रहेको छ भने अन्य कलाकारहरुमा ध्रुव तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दीपा वाईबा, सूर्यबहादुर तामाङ र प्रकाश श्रेष्ठको अभिनय रहेको छ ।

तामाङहरुको रहनसहन, भेषभुषा, रीतिरिवाज, परम्परा अनि मौलिक संस्कृतिलाई विषयवस्तु बनाइएको यस चलचित्रमा तीन वटा गीतहरु समेटिएको छ । रुपेन मोक्तान, सुदिप न्यासुर, राहुल मोक्तनको शब्दमा रहेको उक्त गीतहरुमा विशाल काल्तान जितु लोप्चन, सुरेश लामा, बिबिता पाख्रिन, पुर्णिमा लामा, तथा सुदिप न्यासुरको स्वर रहेको छ । चलचित्र आउदो २०७६ वैशाख १६ गतेका दिन राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शनी गर्ने लक्ष्य रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

Comments

comments

Read More