तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने !

२३ चैत्र , काठमाडौं । तामाङ आवाज , सेलो फाउण्डेसन र एस. सी.आर.सी.को संयुक्त प्रयासमा तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । आज (शनिबार) काठमाडौंको चुच्चेपाटी स्थित घेदुङको सभाहलमा पत्रकार सम्मेलन गर्दै आयोजक पक्षले सो जानकारी दिएको हो ।

उक्त महोत्सव आउँदो २०१९ मे महिनाको ९ र १० तारिख (२०७६ बैशाख २६ र २७ बिहीबार र शुक्रबार ) का दिन काठमाडौं प्रदर्शनीमार्ग स्थित पर्यटनबोर्डको हलमा हुने भएको छ । सो महोत्सवमा तामाङ सौन्दर्य , जीवन र ज्ञान परम्परा झल्किने र तामाङ समुदायसँग प्रत्यक्ष सरोकार रहेका विषयवस्तु समेटिएका तामाङ चलचित्र , वृत्तचित्र , र म्युजिक भिडियोहरुलाई सहभागी गराउँदै पहिलोपटक ‘तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९’ हुने भएको छ ।

महोत्सवमा प्रतिस्पर्धी फिल्मले ग्राण्ड जुरी अवार्ड (सेमरी छोरङान ट्रफी), बेष्ट डकुमेन्ट्री अवार्ड (ट्रफी), बेष्ट सर्ट फिल्म अवार्ड (ट्रफी), अडियन्स च्वाइस अवार्ड (ट्रफी) प्रदान गरिने अध्यक्ष वाइबाले बताए । उनका अनुसार उक्त ट्रफीको क्रमशः ५० हजार, २५/२५ हजार र १०/१० हजार राशी रहेको छ ।

चलचित्रले समाजको विगत र वर्तमानको प्रतिबिम्ब मात्रै होइन , भविष्य प्रति मार्गनिर्देशन पनि दिन सक्ने भएकाले यस्ता किसिमका महोत्सवबाट तामाङ चलचित्र क्षेत्रमा टेवा पुग्नसक्ने आयोजकको भनाइ छ ।

महोत्सवमा ‘तामाङ खाना, भेषभूषा, कला प्रदर्शनी साथै तामाङ दृष्य कविता (भिजुअल पोइट्री) का प्रस्तुति गर्ने कार्यक्रमहरु पनि रहेको आयोजकले जानकारी दिएको छ । महोत्सवले तामाङ समुदायको मौलिक प्रवर्द्धनमा स्वर्ण इतिहास निर्माण गर्ने, भावी पिढीलाई सांस्कृतिक ज्ञान हस्तान्तरणमा सघाउने विस्वास आयोजकले लिएको छ ।

महोत्सवमा प्रतिस्पर्धाका लागि निम्न प्रकार र विधाका फिल्महरु हुनुपर्ने :-

प्रतिस्पर्धा तर्फ ः
फिचर फिल्म
सर्ट फिल्म
वृत्तचित्र (डकुमेन्ट्री फिल्म)

अप्रतिस्पर्धा तर्फ ः
म्युजिक भिडियो
पहिले प्रदर्शन भइसकेका फिचर फिल्म, सर्ट फिल्म तथा वृत्तचित्र

नियमहरु :-
– संसारभरका जुनसुकै मुलुकमा बसोबास गर्ने तामाङ र गैरतामाङले आफ्नो फिल्मी सिर्जना महोत्सवमा पठाउन सक्नेछन् ।
– चलचित्र तामाङ समुदायको सांस्वृmतिक, धार्मिक, सामाजिक, भाषिक, ऐतिहासिक लगायतका विषयबस्तुमा आधारित चलचित्र हुनुपर्नेछ ।
– प्रतिपस्र्धामा सामेल चलचित्र कुनै पनि सार्वजनिक प्रदर्शन या सामाजिक सञ्जालमार्फत रिलिज नभएको हुनु पर्नेछ । त्यस्ता चलचित्रले अप्रतिस्पर्धी रुपमा भने भाग लिन पाउने छन् ।
– फिचर लेन्थ तथा सर्ट लेन्थ चलचित्र तर्फ तामाङ भाषालाई मुख्य रुपमा प्रयोग गरिएको हुनु पर्नेछ ।
– वृत्तचित्र (डकुमेन्ट्री फिल्म) तर्फ तामाङ लगाएतका चलन चल्तिका वmुनै पनि भाषामा निर्माण गरिएको हुन सक्नेछ । तर विषयवस्तु तामाङ समुदायको हुनुपर्ने छ ।
– चलचित्रहरु अनिवार्य रुपमा नेपाली या अंग्रेजी सब–टाइटिल गरिएको हुनुपर्नेछ । अंग्रेजी या नेपाली भाषामै निर्मित तामाङ विषयबस्तु आधारित फिल्मी सिर्जनामा भने सब–टाइटिल अनिवार्य छैन ।
– चलचित्र मिति २०७५ चैत्र २३ गते देखि वैशाख २२, २०७५ (एक महिना) भित्रमा बुझाई सक्नु पर्नेछ ।
– आवेदन बापत कुनै पनि शुल्क बुझाउनुपर्ने छैन ।
– आवेदन फर्म www.tiffnepal.com मार्फत डाउनलोड गर्न सकिनेछ या विस्तृत जानकारीका लागि महोत्सवको वेभ साइटमा हेर्न सकिनेछ ।

Comments

comments

Read More