बैशाख १२ गते बारपाक सार्वजनिक बिदा

गोरखा,२५ -चैत  : आउँदो बैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा  दिने भएको छ ।

२०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने गाउँपालिकाले जनाएको छ ।

यही चैत २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गोरखा भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

Comments

comments

Read More