मृगौला पीडित अशोक लामालाई बचाउन ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजको बृहत सांस्कृतिक कार्यक्रम

काठमाडौं । दुबै मृगौला पीडित अशोक लामालाई उपचारको लागि सहयोगार्थ रकम संकलन गर्न ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नब दुर्ग पार्टी प्यालेस, सुकेधारा, काठमाडौंमा यही चैत ३० गते शनिबार बिहान १० बजे हुने कार्यक्रममा ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाज तथा तराना कला केन्द्र काठमाडौं नेपालको साथमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको हो ।

‘मानव सेवा नै ठुलो धर्म हो ।’ भन्दै मृगौला पिडित लामालाई उपचारको लागि आर्थिक सहयोग गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागेको समाजका अध्यक्ष सरोज मोहोन तामाङले जानकारी दिएका छन ।

विगतमा पनि साथ सहयोग गर्दै आएको समाजले यस पटक पिडित लामालाई आर्थिक सहयोग गर्न दुई ओटै संस्थामार्फत संयुक्त कार्याक्रम गर्न लागेको हो ।

नव वर्षको अवसरमा शुभकामना आदानप्रदान पनि गर्ने तथा बृहत सांस्कृतिक कार्यक्रममा मार्फत सहयोग रकम पनि जुटाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्ने भएको हो ।

नयाँ बर्षको अबसर पारेर अन्य ठाउमा फजुल खर्च गर्नु भन्दा एउटा पिडितको सहयोगार्थ रकमले पिडितको उपचार हुनु नै मानब सेवा मुख्य हो । साथै दुई दर्जन भन्दा बढी राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने सो कार्यक्रममा दोलखाका पूर्व मन्त्री तथा सांसदहरु विशेष अतिथिको रुपमा रहने भएको छ ।

Comments

comments

Read More