एनकासाको पोखरामा टेक्निकल नलेज इन्हेंसमेन्ट (TKE)कार्यक्रम सप्पन्न

मोहन कुमार तामाङ्ग
पोखरा,८ बैशाख -२०७६ :नेपाल चार्टर्ड एकाउन्टेन्टस विद्यार्थी एसोसिएसन (एनकासा) को आयोजनामा एकदिने टेक्निकल नलेज इन्हेन्समेन्ट प्रोग्राम पोखरामा सम्पन्न भएको छ।।

सिएको पढाइ हुने पोखराको संस्था प्रिजम सेन्टर अफ लर्निङको सभाहलमा भएको कार्यक्रमको मुख्य प्रशिक्षक सिए उमेशराज पाण्डे हुनुहुथ्यो।

विद्यार्थी रहेको कर सम्बन्धि अन्योलतालाइ हटाउने र आउदै गरेको परिक्षामा राम्रो गर्न सकोस भन्ने उद्देश्यका साथ गरिएको प्रशिक्षण कार्यक्रममा नेपालको कर प्रणाली देखि आयकर ऎन २०५८ मा उल्लेखित व्यवस्था सम्बन्धि व्याख्या गर्दै विद्यार्थीमा रहेका जिज्ञासालाई सविस्तार गरेका थिए।। भने चार्टर्ड एकाउन्टेन्टस ( सिए) यात्राको बारेमा र विद्यार्थीलाइ पढ्ने तरिका समेत बताएका थिए।।

कार्यक्रममा प्रशिक्षकलाइ प्रिजमको तर्फबाट डाइरेक्टर सिए अमित थापाले र एनकासाको तर्फबाट कार्यक्रम संयोजक अमृत शर्माले प्रदान गरेका थिए ।।

सीए प्रिजमको तर्फबाट मायाको चिनो प्रदान गर्नु हुदै डाइरेक्टर सिए अमित थापा र प्रशिक्षक सिए उमेशराज पाण्डे बायाबाट क्रमश

एनकासाको तर्फबाट मायाको चिनो प्रदान गर्नु हुदै कार्यक्रम संयोजक अमृत शर्मा र प्रशिक्षक सिए उमेशराज पाण्डे बायाबाट क्रमश

धन्यवाद मन्तव्य राख्दै संयोजक शर्माले आगामी दिनमा पनि अझै विद्यार्थी फोकस कार्यक्रम गरिराख्ने बताउनु भयो । “आजको विद्यार्थीको उपस्थितिले कार्यक्रम गर्ने हौसला बढेको छ” शर्माले भन्नुभयो।। कार्यक्रम सञ्चालन मोहन तामाङले गरेका थिए।।

समापन पछिको सामुहिक फोटो सेसन

Comments

comments

Read More