नेफेसो कतारको पुर्वमहासचिव सुबोध घलान फोरम मकवानपुरको जिल्ला सचिवमा चयन

हेटौडा,१६ बैशाख,२०७६:- संघीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेफेसो कतारको पुर्वमहासचिव एवं संघीय समाजवादि फोरम मकवानपुर जिल्ला तदर्थ समिति सचिवालय सदस्य सुबोध घलान ससफो मकवानपुर जिल्ला समन्वय समितिको सचीवमा सर्वसम्मत चयन भएको छ ।

घलान बैदेशिक रोजगारीको शिलसिलामा प्रवासमा रहँदा प्रवासमा  हुने नेपालीहरुको विभिन्न किसिमको बिपत्ति, दुख लाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्दै आईरहेका युवा नेता कट्टर पहिचानवादी हुन् भने   जुनै गोरु आएपनी कानै चिरेको भने झैं जवसम्म एकल ब्राह्मणहरुको मात्रै सत्तामा बर्चस्व रहन्छ परिवर्तनको सम्भव छैन भन्ने निष्कर्षका  साथ संघीय समाजवादी फोरमले लिएको सिद्धान्त लाई आत्मासाथ गर्दै प्रवासबाट नै राजनीति सुरु गरेका होनहार युवा नेता हुन् ।

जवसम्म देशमा  बिभेधरहित समाबेशी नेपाल , पहिचान सहितको संघीय गणतन्त्र आउदैन तवसम्म जनता र देशले झन् बडी दुख खेप्न पर्ने र पहिचान सहितको समाजवाद नआउने ठोकुवा गर्दै  उनले सम्पुर्ण उत्पीडित जनतालाई संघीय समाजवादी फोरममा गोलबद्द हुन आग्रह समेत गरेका छन् ।

Comments

comments

Read More