अमर यादव नेतृत्वको मधेश तराई फोरम पार्टी सत्तारुढ नेकपामा समाहित

काठमाण्डौ – तराईमा क्रियाशील अमर यादव नेतृत्वको मधेश तराई फोरम पार्टी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ । मंगलबार बिहान एक कार्यक्रमकाबीच अध्यक्ष अमर यादवसहितका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोरमका अध्यक्ष यादवसहितलाई टीका माला लगाएर नेकपामा प्रवेश गराउनुभएको हो । नेकपामा प्रवेश गरेसँगै मधेशतराई फोरम विलय भएको छ ।

अमर यादवले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट अलग हुँदै छुट्टै पार्टी गठन गर्नुभएको थियो । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको पहलमा यादवसहितको टोली नेकपा प्रवेश गरेको हो । समायोजनपछि अध्यक्ष यादवले आफ्नो पार्टीका नेता कार्यकर्ताको नेकपामा उचित स्थान मिल्ने पनि विश्वास गर्नुभयो । मधेशको नाम भजाएर मधेसी दलले मधेसी नागरिकमाथि खेलबाड गरिरहेकाले त्यस्तो प्रवृत्तिलाई परास्त गर्न आफूहरु देशको सबैभन्दा ठूलो दल र विकाश र समृद्धिमा लागिपरेको दल नेकपामा प्रवेश गरेको यादवले बताउनुभयो ।

Comments

comments

Read More