टिप्परको ठक्करबाट परीक्षार्थीको ज्यान गयो

रुपन्देही – बुटवलमा बिहीबार टिप्परको ठक्करबाट एक जना परीक्षार्थीको ज्यान गएको छ । कक्षा १२ को परीक्षा दिएर बुवा घनश्याम भण्डारीसँग लु ४५ प ७२३४ नम्बरको स्कुटरमा बुटवल-१२, तामनगरमा रहेको घरतर्फ जाँदै गरेकी १९ वर्षीया पुष्पा भण्डारीको टिप्परको ठक्करबाट ज्यान गएको हो । बुटवल पाखापानी नजिकै भएको दुर्घटनापछि प्रहरीले लु २ ख १९०३ र लु १ ख ६२३३ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएकाे छ । यी दुईमध्ये कुन टिप्परकाे ठक्करबाट भण्डारीकाे ज्यान गएकाे भन्ने प्रहरीले अनुसन्धान गरिरहेकाे छ । स्कुटर चालक घनश्याम भण्डारीको अवस्था भने सामान्य रहेको छ । मृतक भण्डारी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसको कक्षा १२ मा पढ्ने विद्यार्थी हुन् । सहपाठीको मृत्यु भएपछि नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले बुटवल नयाँगाउ सडकखण्ड बन्द गरेका छन् ।

Comments

comments

Read More