जिफन्ट सहयोग समूह साउदीले १३० औं अन्तराष्ट्रिय मजदुर दिवस मनाए

२१ वैशाख । स्वदेशमा वा प्रवासमा सबैलाई सामाजिक सुरक्षा’ भन्ने नाराका जिफन्ट सहयोग समूह साउदीले १३० औं अन्तराष्ट्रिय मजदुर (मे) दिवस मनाएको छ ।

साउदीको दमाममास्थित रोज रेस्टुरेन्टमा शुक्रबार अन्तरक्रियासँगै सांस्कृतिक कार्यक्रम गरी मे दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि श्रमसहचरी अम्बिका बस्नेतले शुभकामना दिदै साउदीमा रहेको नेपाली श्रमिकका लागि आफुहरु २४ सै घन्टा सेवामा समर्पित भएको बताए । उनले साउदीमा आर्थिकमन्दीका कारण बन्द हुन पुगेका अजमिल कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जेएन्डपी, साउदी मार्बल एन्ड ग्रिनाइटेड लगायतमा नेपालीहरुलाई दूतावासले कम्पनीमा काम खोजि लगाएको र केहीलाई नेपाल पठाएको जानकारी दिए । १० हजार रहेको अजमिलमा अब १ हजारको हाराहारीमा रहेको र उनीहरूको हकमा पनि साउदी लेबरकोटले नेपाल पठाउन आदेश जारी गरिसकेको बताएका छन् । उनले थपे , कम्पनीले कामदारहरु पठाउन केही समय मागेका बताउदै उक्त समयसीमामा पठाउन सकेनन् भने साउदी सरकारले जिम्मा लिने समेतको निर्णय भएको छ । साउदी भौगोलिक हिसाब ठूलो रहेका र दूतावासमा जनशक्तिको अभावका कारण श्रमिकहरुको समस्या तुरुन्त समाधान गर्न नसकिएको श्रमसहचरी बस्नेतले बताए । साउदी लेबरकोटमा कम्पनीले ३ महिनासम्म सेवा सुबिधा दिन नसकिदा पनि मुद्दा हाल्न नपाउने प्रावधान छ । कम्पनीलाई दबाब दिन ९१ दिन कुर्नुपर्दा उद्धारमा ढिलासुस्ती भएकाे हुन्छ । दूतावासले काम गरेन दूतावासले पैसा माग्यो इत्यादी सुन्न आएको कुरामा सत्यता नरहेको बस्नेतले स्पष्ट पारे । बस्नेतले नेपालीहरु संसार भरिनै इमानदारीताले चिन्ने गरेकाले साउदीको नियम कानुनलाई आत्मसात गरेर सहयोग गर्न आग्रह समेत गरेका छन् ।

यसैगरी कार्यक्रममा बिशेष अतिथि दूतावासका पुर्वक्षेत्रका कर्मचारी हरि घिमिरेले शुभकामना मन्तव्य दिदै जिफण्टका प्रतिनिधिहरु साउदीको कुनाकुनामा पुगेर दूतावाससँग सहकार्यमा पिडित श्रमिकहरुलाई उद्धार गर्ने गरेकोमा खुसी व्यक्त गरे । उनले भने, म कार्यरत क्षेत्रमा अन्य संस्थाले भन्दा धेरै पीडित श्रमिकको उद्धार गर्ने गरेको छ । आगामी दिनमा समेत निरन्तरता दिनेमा आफू ढुक्क रहेको बताउदै दूतावासका तर्फबाट गर्नुपर्ने सहयोगका लागि सधै तत्पर छौं, उनले भने ।
जिफण्ट साउदीका संरक्षक शमशेर तामाङले श्रमिक दिवसका बारेमा स्पष्ट पार्दै ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको जंगमा टेकेर समूहले अन्तरक्रियासँगै साँस्कृतिक कार्यक्रम पनि गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रवासी मञ्चका संयोजक शिवराजैसी, दलित सञ्जालका अध्यक्ष, रमेश लाम्काने, हिमाल फुटबल क्लबका अध्यक्ष एमबि तामाङ, मधेशी हेल्पका अध्यक्ष कमलदेव साह, जनसम्पर्क समिति समितिका सभापति दिपक रेग्मी, साँझ मञ्च पुर्व क्षेत्रका संयोजक आदर्श भुवाजु, दिदिबहिनी समूहकी अध्यक्ष तुलसी गुरुङ, तमुधिका अध्यक्ष खेम गुरुङ, मगर संघका संरक्षण खिम गर्बुजा, किराँत यायोक्खाका कार्यबाहक अध्यक्ष सिके चाम्लिङ, जोन अर्याल, नेवा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, राजु सायद लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

साथै कार्यक्रममा गायिका लक्ष्मी तामाङ, लोकदोहोरी गायक डिके रोल्पाली (डिके) गायकहरु रोशन तामाङ, समीर राई, रन राई, टेकबहादुर आले मगर, यसटी मगरको दमदार प्रस्तुति रहेको थियो । यसैगरी धनकुमारी मगर, मञ्जु परियार, मुना तामाङ, सिरि राई, भिमकला विश्वकर्मा, बिमल राई र कमली तामाङ लगायतको नृत्यले दर्शकलाई पनि नचाएको थियो ।
मगर संघकी उपाध्यक्ष धनकुमारी पुन मगरसँगै ३ दर्जन श्रमिकहरुले जिफण्टमार्फत आफ्ना समस्या श्रमसहचारी बस्नेतलाई बुझाएका थिए ।

त्यसैगरी कार्यक्रममा ८ सय ८७ रियाल भोजपुरकी मुटु रोगी बिबिना राई बचाउ अभियानका अभियान्त राजकुमार राईलाई प्रदान गरेको छ ।
जिफण्टका अध्यक्ष बुद्धिमान विश्वकर्मा सभापति रहेको कार्यक्रम महासचिव डम्बर नेपाली र सदस्य हेमराज रसाइलीले सञ्चालन गरेका थिए ।

Comments

comments

Read More