समाजवादी पार्टीको २५ पदाधिकारी घोषण(नामावली सहित )

काठमाडाैं २३ वैशाख :- संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएर बनेको समाजवादी पार्टी नेपालको २५ पदाधिकारी घोषण गरेको छ ।

सोमबार प्रज्ञा भावनामा आयोजित एकता कार्यक्रममा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवको घोषणा भएको हो ।

त्यस्तै पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

यस्तै उपाध्यक्षहरू  नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।

महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।

उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् ।

भने कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।

Comments

comments

Read More