पाँच कक्षामा पढ्ने बालक बने छोराको बाबु

धादिङ । नेपालको प्रचलित कानुनले बीस वर्ष पूरा नभई विवाह गर्न बन्देज लगाएको छ । बालविवाहको त अझ कल्पना पनि गरेको छैन । कानुनले रोकेको भए पनि धादिङ जिल्लाको अतिविकटमा पर्ने रूवीभ्याली गाउँपालिका वडा नम्बर ५, चपाङचेतमा १४ वर्षीया बालिकाले छोराको जन्म दिएकी छन्, बच्चाको बाबु भने भर्खर १३ वर्ष लागेका छन् । बाबुआमा बनेका दुवैमा बालापन नहराउँदै बाबुआमाको जिम्मेवारीमात्रै थपिएको छैन, समाजलाई समेत चुनौती थपिएको छ ।

जिल्लाको उत्तरवर्ती रूवीभ्याली गाउँपालिका वडा नम्बर ५, चपाङचेत बस्ने १३ वर्षीय रुपेश (परिवर्तित नाम) बाबु बने पनि उनी शारीरिक र मानसिकमात्रै होइन, कानुनी बन्देजले थप समस्यामा परेका छन् । उनी गाउँकै तिङचेत आधारभूत विद्यालयमा कक्षा पाँचमा पढ्दैछन् ।

विद्यालय पढ्दापढ्दै उनको एक वर्षअघि गाउँकै १४ वर्षीया मीठू (परिवर्तित नाम)सँग प्रेम बसेको थियो । चार कक्षामा पढ्दापढ्दै मीठूले पढ्न छाडिन् । उनीहरुको प्रेम झांगिँदै गयो, जसको कारण पे्रेम सुरू भएको एक वर्षमा रुपेश र मीठू बाबुआमाको जिम्मेवारीमा पुगेका छन् ।

Comments

comments

Read More