सिन्डिकेट ब्युँतायने गतिविधमा मलेसियन दूतावास नै सक्रिय

काठमाडौं , २८ बैशाख २०७६ :–

वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षैदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँतायने गतिविधमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ ।

विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यवहाक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच भएको श्रम समझदारीविपरीत नेपाल सरकारलाई दबाव दिँदै आएका हुन् ।श्रम समझदारीअनुरुप स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणको प्रक्रियामा सरकार रहेका वेला ठगीमा संलग्न व्यवसायीलाई नै मान्याता दिएको भन्दै मलेसियन राजदूतले विभिन्न निकायमा पत्राचार गरेका छन् ।

Comments

comments

Read More