लिम्बुवान सामाजिक मन्च ले गर्‍यो नियोग उप-प्रमुखको बिदाई


दिल कुमार लावती /साउदि

७ मे २०१९ का दिन संघिया लिम्बुवान सामाजिक मन्च दमाम साउदी अरब ले एक बिशेष कार्यक्रम गरि नेपाली राजदुतावास का नियोग उपप्रमुख आनन्द प्रसाद शर्मालाई विदाइ गरेको गरेको छ। साउदी अरब स्थित नेपाली दुतावास कै कार्यलय पुगेर मन्च ले बिदाई गरेको हो ।
बिदाइ कार्यक्रम नेपाली राजदुतावास रियाद साउदि अरबका महामहिम राजदुत प्रा.डा. महेन्द्र सिंह राजपुत, श्रमसहचारी अम्बिका प्रसाद अधिकारी, को समुपस्थितिमा सम्पन्न गरेको हो। सामाजिक अभियान्ता अन्जनी कुमार अधिकारी ले सन्चालन गरेको उक्त कार्यक्रम मा मन्च का प्रमुख सल्लाहकार तथ संघिय लोकतान्त्रीक राष्ट्रीय मन्च का केन्द्रिय सदस्य श्री यावा लिम्बु, मन्च का महासचिव लोकेन्द्र लिम्बु, मन्च का सस्थापक सदस्य राजेश सेन्दाङ्ग सहित मन्च का सदस्य भिमा लिम्बु, निशा तुम्बापो, प्रेम इजाम लगाएत ले खादा ओडाएर सम्मान गर्दै प्रशन्सा पत्र सहित बिदाइ गरेका थिए ।
कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख शर्माले लिम्बुवान सामाजिक मन्च र सम्पुर्ण साउदी अरब का समाजिक कार्यकर्ता र दूतावासको सम्बन्ध स्मरण गर्दै पासपोर्ट सहजिकरण, आममाफि लगायत नेपाली श्रमिकहरुको समस्या समाधानमा खेलेको भूमिका प्रति प्रशंसा गरेका थिए।
त्यसैगरी मन्च को तर्फ बाट कार्यक्रम मा बोल्दै प्रमुख सल्लहकार यावा लिम्बु ले बिगत मा काबा राजदूत र नियोग उप-प्रमुखको हैसियतमा शर्माले निभाएको भूमिकाप्रति उच्च प्रशंसा गरेका थिए भने वहाँ को स्थान मा आउने नयाँ नियोग उप-प्रमुखले समेत सोही अनुसार ले नेपाली श्रमिक को हित मा कार्य गर्ने मा बिश्वास साथ रहेको जनाएका थिए ।
बिदाइ कार्यकम मा उपस्थित सम्पुर्ण सदस्य ले वहाँ को कार्यकाल र वहाँ ले नेपाली श्रमिक प्रती पुर्याउनु भएको महत्वपुर्ण भूमिका को खुलेर प्रसंशा गर्दै यात्रा सफलता को शुभकामना ब्यक्त गरेका थिए ।
विगत करिव चार वर्ष पहिले साउदी अरब आएका शर्मा यहि बुधबार अर्थात ०८ मे २०१९ को दिन नेपाल सरकार ले दिएको दूतावास नियोग उप–प्रमुखको जिम्मेवारी पुरा गरि नेपाल फर्कदै छन्।
सुरुवाती चरणमा कार्यवाहक राजदूतको समेत भूमिका निर्वाह गरेका शर्मा निकै शान्त स्वभावका सहनशील र कुशल प्रशासकका रुपमा चिनिन्छन् भने उनलाई गौप्राणी को रुप मा समेत यहाँ का श्रमिक ले लिने गरेका छन ।

Comments

comments

Read More