स्वास्नी पीडितको बजार चर्चा

हास्य कलाकार विरेन्द्र ग्याबा तामङको व्याङ्यग्यात्मक गीत स्वास्नी पीडित यो बेला बजारमा चर्चा सुरु भएको छ।

जागिरे श्रीमतिका श्रीमान स्वभाविक रुपमा पीडित हुने गरेको कल्पना गीतमा गरिएको छ।

पुरुषको पढाई प्रतिको बढदो विकर्षण तथा महिलाहरुको सफलताविचमा समाजको गलत धाराणालाई भिडियोमा प्रस्तुत गरिएको छ।

विरेन्द्र ग्याबा तामाङको शब्द संगित तथा निर्देशन रहेको शो गितलाई सानु कुमार चेमजोङले स्वर भरेको हो।

धनकुटाको राजारानीमा मुस्कान ग्याबाले खिचेको भिडियोलाई अजय वाईवाले सम्पादन गरेको हो। उक्त गीतमा विरेन्द्र ग्याबा तामाङ र वर्षा थिङको अभिनय छ।

गीत पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो ईटहरीमा रेकर्ड भएको हो।

तामाङको पहिलो कोशेलीलाई अहिले युटुबमा दर्शकले राम्रो प्रतिकृया दिईरहेको छ। सामाजिक विकृति विसङ्गति विरुध्द कलम चलाउने तामाङले समाजमा विकसित हुदै गरेको महिला र पुरुषको वैचारिक असमानताबाट उत्पन सामाजिक समस्यालाई खरो उतारेका छन।

भिडियो हेर्नुस

Comments

comments

Read More