जनकल्याण मावि पालुङमा पाँच दिने कस्ट’माईज्ड तालिम सम्पन्न

29 बैशाख पालुङ / चन्द्र बहादुर तामाङ

थाहा नगरपालिकाको जनकल्याण मावि पालुङमा पाँच दिने कस्ट’माईज्ड तालिम आज सम्पन्न भएको छ। विषयगत शिक्षकहरु संग उत्कृष्ट नतिजामा केन्द्रित रहन आवश्यकिय रणनिति तथा योजना निर्माण सहजताका लागि काभ्रे तालिम केन्द्रको आयोजना तथा जनकल्याण माविको व्यवस्थापनमा तालिम भएको हो। तालिममा अंग्रेजि र गणित विषयका थाहा नगरपालिका, भिमफेदि गाउँपालिका, कैलाश गाउँपालिका र ईन्द्रसरोबर गाउँपालिकाका विभिन्न विद्यालयका २( जना शिक्षकहरुलाई विषयगत सहजकर्ता सुर्य प्रसाद घिमिरे र धर्मेन्द्र प्रसाद अर्याललले सहजिकरण गरेका हुन् ।

जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्कीको सभाध्यक्षता तथा नगर शिक्षा प्रमुख शोभाकर रेग्मीको प्रमुख आतिथ्यतामा आज एक औपचारिक कार्यक्रमका विच तालिमको समापन गरिएको थियो। विषयगत नतिजा ल्याउन र थप उत्साहदिन यस तालिमले सकरात्मक भुमिका निर्वाह गर्ने आयोजकको ठम्याई रहेको छ।औपचारिक कार्यक्रममा बोल्दै शिक्षा प्रमुख रेग्मीले आगामी दिनमा भन्दा फरक तरिकाको अवधारणालाई अव उजागर गर्दै जाने, परीक्षामा विद्यार्थिले प्राप्त गर्ने प्रयोगात्मक र सैदान्तिकको अंकलाई लाई सफ्टवेयर प्रणालीबाट विकास गराईने, आवश्यकतामा आधारित रहेर शैक्षिक तालिम गोष्ठिको अवधारणा प्राप्त भए, उचित अध्ययन गरि आवश्यक सहयोग गर्नको लागि सदैव नगर शिक्षा र आफै तत्पर रहने प्रतिवद्धता व्यक्त गरे।कार्यक्रममा बोल्दै जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्कीले विषयगत नतिजा तथा समग्र शैक्षिक नतिजा उत्कृष्ट बनाउनका लागि अब हिजोको भन्दा फरक अनि विकासे नितिलाई अवलम्बन गर्दै सबै शिक्षक, सरोकारवालाहरु अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

जनकल्याण माविको सभा हलमा भएको तालिममा विषय अंग्रेजिबाट प्रतिनिधित्व गर्दै तालिमका सहजकर्ता नाटेश्वर माविका शिक्षक पचन्द्र गोपालीले तालिमको गरिमा उच्च रहेको र यस्तो गरिमाका तालिमको आयोजना भईरहँदा व्यवस्थित तालिम हल, प्राविधिक सामाग्रीहरुको अभाव लगायतका समस्या देखिएको हुँदा आगामी दिनमा व्यवस्थित बनाउनका लागि सम्बन्धित निकाय र आफुहरु कसरी अघि बढ्ने भन्नेमा चिन्ता व्यक्त गरेका थिए।

यसै क्रममा विषय गणितबाट प्रतिनिधित्व गर्दै जनकल्याण माविका शिक्षक शशीकला काफ्लेले तालिम उपयोगि रहेको बताए । तालिम वैशाख २६ गतेबाट सुरु भई आज समापन भएको हो ।

Comments

comments

Read More