धुर्मुसले भनेः म गल्ती भए रुखमा झुण्डिएर मर्न तयार छु

चितवन,जेठ १८-
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेल धुर्मुसले रंगशालाका बिषयमा आफूले कुनै गलत र बनावटी कुरा गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको बताएका छन् । आज (शनिवार) निर्माणाधिन रंगशालामा आयोजित कार्यक्रममा उनले भने, ‘रंगशालामा भएको घटनाका बिषयमा मैले कुनै बनावटी र गलत कुरा बोलेको छैन, यदि कसैले प्रमाणित गर्छ भने म नजिकै रहेको रुखमा झुण्डिएर मर्न तयार छु ।’ उनले आफ्नो शरिर कसैले दुई फ्याक पारेपनि आफुमा इमान्दारी बाहेक अन्य केही नभएको बताएका छन् ।

‘म संग कुनै स्वार्थ छैन,राम्रो काम र असल कामका लागि मर्न तयार छु,उनले भने’,न म भ्रष्टचार गर्न आएको हुँ,न कमिसन खान र दिन नै ।’ उनले रंगशाला निर्माणपछि सबैभन्दा बढि लाभाम्बीत स्थानियनै हुने बताए । उनले सद्भावले मात्रै रंगशाला निर्माण नहुने भन्दै पैसा जुटाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

Comments

comments

Read More