शरण हुमागाईको ‘हाँस्ने खेल्ने’ गीत बजारमा (भिडियो सहित)

डिएआर मुभिजको प्रस्तुतिमा हाँस्ने खेल्ने बोलको लोकदोहोरी गित बजारमा आएकोे छ ।

लोक दोहोरी गायक तथा संचारकर्मि शरण हुमागाईं र सपना गुरुङ्गको स्वर रहेको गितमा चर्चित वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो शब्द शरण हुमागाईंको रहेको छ । पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गितको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन् ।

हेरुका लामाको नृत्य निर्देशन रहेको यस गीतको भिडियोमा स्वयंम हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ ।
दृश्य छायाँकन र ड्रोन रोनिश तामाङको रहेको छ । म्युजिक भिडियोको सम्पादन नविन भट्टले गरेका छन् । कला राजाराम गौतमको रहेको उक्त गीतको म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइको रहेको छ ।

केही दिन अघिमात्र सपनी नामक लोक दोहोरी गीत बजारमा ल्याइएको डि.ए.आर मुभिजले जालमा फसायौ भाग–२ को काम सम्पादनको चरणमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । ‘हाँस्ने खेल्ने’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् गीतको भिडियो :-

Comments

comments

Read More