लघु चलचित्र ‘ठग्स् अफ नेपाल’ सार्वजनिक

५ जेष्ठ, काठमाडौं । नेपाली कथानक लघु चलचित्र ‘ठग्स् अफ नेपाल’ को राजधानीमा प्रिमियर शो भएको छ ।

लघु चलचित्रलाई एक औपचारिक कार्यक्रम गर्दै प्रिमियर शो सम्पन्न गरेकोे हो । रोशन चन्द ठकुरी द्वारा निर्देशित लघु चलचित्रमा नेपाली चलचित्र जगतमा देखिने विकृति र विसंगतिलाई मनोरञ्जनात्मक ढंगले देखाउन खोजिएको छ ।

चलचित्र क्षेत्रमा निर्देशक, निर्माता र कलाकारहरुले गरेको संघर्षलाई हास्य व्यङ्ग्यात्मक रुपले पस्कन खोजेको र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने हेतुले लघु चलचित्र निर्माण गरेको निर्देशक रोशन चन्द ठकुरी बताउछन् ।

काठमाडौंकै एक स्थलमा छायांकन गरिएको लघु चलचित्रमा सरोज श्रेष्ठ , जेशन लोप्चन , व्रिजेस थुलुङ राई , निराजन रेग्मी , पत्रिका घिमिरे , प्रवेश एम सी लगायतका कलाकारको अभिनय रहेको छ ।

J-QUAD Entertainment को प्रस्तुति रहेको लघु चलचित्रलाई ठग्स् अफ नेपालकै यूट्यूब बाट बुधबार साँझ आठ बजे सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् –

Comments

comments

Read More