एसईईको नतिजा आज सार्वजनिक नहुने

काठमाण्डौ १० असार :

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले आज (बुधबार) नतिजा सार्वजनिक नहुने पुष्टि गरे । ‘आज रिजल्ट हुँदै हुँदैन, नतिजा प्रकाशनको तयारी चलिरहेको छ,’ उहाले बताउनु भयो ,

साथै ‘अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको छ, सकिनासाथ नतिजा सार्वजनिकहुने समेत जानकारी दिनु भयो  ।

गतवर्ष नतिजा प्रकाशन गर्दा करिब ९ हजार विद्यार्थीको ग्रेडसिटमा समस्या देखिएकाले यसपाली त्रुटी नहोस् भनेर उच्च सर्तकता अपनाइएको बोर्ड जनाइएको छ । 

Comments

comments

Read More