अत्याधुनीक सुबिधा सहित ईटहरीमा अध्याधुनिक मल्टिप्लेक्स ‘एलाइट’ सिनेमा हल संचलनमा

दमक । सुनशरीको ईटहरीमा अध्याधुनिक मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ । सिनेमाकै क्षेत्रमा कृयासिल छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा, राजकुमार पोखरेल, दिनेश पोखरेल, बिक्रम पराजुली, नरेन्द्र महर्जन र चिर िञ्जवि बस्नेत गरी ९ जना व्यवसायीको टिमले एलाइट सिनेमा हल नामको मल्टिप्लेक्स सिनेमा हल तयार गरेको हो । ईटहरी उप महानगरपालीका वडा नम्बर ४ को आईतबारेमा ३ कठ्ठा जमिनमा निर्माण भएको एलाईट सिनेमा हलमा पर्याप्त पार्किङ सहित हल भित्र अध्याधुनिक सुबिधा रहेको सञ्चालक छविराज ओझाले जानकारी दिनुभयो । पुर्ण एचडि क्वालीटिमा चलचित्र हेर्न सकिने दुईवटा हल मध्ये…