पत्रकार मञ्च दमकमा गदाल

दमक । झापाको माइपश्चिमका पत्रकारहरुको संगठन पत्रकार मञ्च दमकको अध्यक्षमा मनकुमार गदाल चयन भएका छन् । शनिकबार दमक स्थित पाथिभरा होटलमा भएको दलिय छलफलबाट गदालको नेतृत्वमा ९ सदस्य कार्यसमिति चयन भएको हो । राजनीतिक दल सम्बन्ध पत्रकार संगठन प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, संघिय प्रेस फोरम लगायतका पत्रकार संगठनबीच भागबण्डा मिलेसँगै कार्यसमिति सर्बसम्मत चयन भएको थियो । गदाल अध्यक्ष रहेको समितिमा झगेन्द्र खड्का उपाध्यक्ष छन भने सचिवमा देशराज नेम्बाङ, सहप–सचिवमा उमानाथ भण्डारी,कोषाध्यक्षमा कुसुम तामाङ छन् । त्यस्तै सदस्यहरुमा गिता ढुङ्गाना,श्याम लम्साल, चेतन आङ्थुपो र धन बहादुर थेवे रहेका छन्…