बाल गायक अशोकको घर बन्ने निश्चित, दमकमा किनियाे जग्गा ( भिडियाे  सहित )

झापा। युटुब मार्फत चर्चामा आएका झापा दमकका बाल गायक अशोक दर्जीको घर बन्ने निश्चित भएको छ । अशोकको पहिलो गीत रेकर्ड गर्न सहयोग गर्ने गायक तथा संगितकार टंक बुढाथोकीले जग्गा धनी अनन्तराम रिजाललाई चेक हस्तान्तरण गरेसँगै अशोकको घर बन्ने निश्चित भएको हो । अशोकका लागि घर निर्माण गर्न दमक नगारपालिकाको वडा नम्बर २ भालुकुडीमा आइतबार दश धुर जग्गा खरिद गरिएको छ । घर निमाणका लागि आवश्यक जग्गा खरिद गर्नभनि काठमाण्डौं देखी गायक बुढाथोकी झापा आएका थिए । जग्गा खरिदका क्रममा घर निमाण समितिका अध्यक्ष पूर्ण वाइबा, सचिव जिवन चुडाल, कोषाध्यक्ष…