बाल गायक अशोक दर्जीको घर निर्माण शुरु , यसरी भयाे शिलान्याश

जीवन चुडाल दमक, जेठ १७ । युटुब चर्चामा आएका बाल गायक अशोक दर्जीको घरको आज शिलान्यास गरिएको छ । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित भालुकुडीमा वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा,घर निर्माण आर्थिक संयोजक गायक तथा संगितकार टंक बुढाथोकी र निमार्ण समितिका अध्यक्ष पूर्ण वाइवाले संयुक्त रुपमा पुजाआजा गरि घरको शिलान्यास गरेका हुन् । शिलान्यासको क्रममा सापकोटा र वाइबाले इटा राखेका थिए भने बुढाथोकीले नरिवल फुटाएका थिए । शिलान्यासपछि बोल्दै आर्थिक संयोजक बुढाथोकीले शुरुमा कतिपयले घर बन्दैन भन्ने गर्नु हुन्थ्यो अब घर बन्ने छ भन्दै सहयोगिहरुलाई…

बाल गायक अशोकको घर बन्ने निश्चित, दमकमा किनियाे जग्गा ( भिडियाे  सहित )

झापा। युटुब मार्फत चर्चामा आएका झापा दमकका बाल गायक अशोक दर्जीको घर बन्ने निश्चित भएको छ । अशोकको पहिलो गीत रेकर्ड गर्न सहयोग गर्ने गायक तथा संगितकार टंक बुढाथोकीले जग्गा धनी अनन्तराम रिजाललाई चेक हस्तान्तरण गरेसँगै अशोकको घर बन्ने निश्चित भएको हो । अशोकका लागि घर निर्माण गर्न दमक नगारपालिकाको वडा नम्बर २ भालुकुडीमा आइतबार दश धुर जग्गा खरिद गरिएको छ । घर निमाणका लागि आवश्यक जग्गा खरिद गर्नभनि काठमाण्डौं देखी गायक बुढाथोकी झापा आएका थिए । जग्गा खरिदका क्रममा घर निमाण समितिका अध्यक्ष पूर्ण वाइबा, सचिव जिवन चुडाल, कोषाध्यक्ष…