दमक रबि चिसापानी सडकखण्ड कालोपत्रे हुने निश्चित ( भिडीयाे )

दमक । झापाको दमक र पाँचथर जोड्ने दमक रबि चिसापानी सडकखण्ड कालोपत्रे हुने भएको छ। यो सडकखण्डका लागि २ अर्ब २० करोड रुपैयाँ बजेट छुट्टिने भएसँगै कालोपत्रे बन्ने निश्चत भएको हो। गत भदौ २९ गते बसेको मन्त्रीस्तर बैठकले सडकको बहुवर्षे ठेक्‍का प्रक्रिया तत्काल अघि बढाउनका लागि स्वीकृति प्रदान गरेको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले जानकारी दिए । उनले सोमबार दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्। ३४।५ किलोमिटरको यस सडकखण्डमध्ये २५ किलोमिटर सडकखण्डका लागि सो रकम छुट्ट्याइएको अध्यक्ष पुरीले जानकारी दिए। सो रकम इलामको माङसेबुङदेखि चिसापानीसम्मको २५ किलोमिटर…