मह सञ्चारकाे ‘दाल भात तरकारी’, मंसिरमा बसाउने वैशाखमा पाक्ने

दमक । मह सञ्चारले प्रस्तुतीमा निर्माण गर्न लागिएको सिनेमा ‘दाल भात तरकारी’मा नायिका निरुता सिंह फाइनल भएकी छन्। मह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माणमा बन्न लागेको सिनेमा दाल भात तरकारीलाई केसीका छोरा सुदन केसीले निर्देशन गर्ने भएका छन्। सुदन केसी लामो समयदेखि मह सञ्चारमा काम गर्दै आएका छन् भने ‘अंगरक्षक’देखि नै सहायक निर्देशकको रुपमा सिनेमा निर्देशनको अनुभव बटुलेका छन्। उनले पछिल्लो सफल सिनेमा शत्रु गतेमा समेत सहायक निर्देशक भएर काम गरेका छन्। लामो समयदेखि नेपाली सिनेमाभन्दा बाहिर रहेकी निरुताको यो सिनेमा ‘कमब्याक’ हुने भएको छ। केही समय अघि नाई…