उपत्यका प्रवेश गर्न नगरपालिकाको अनुमति अनिवार्य, यस्तो छ नयाँ नियम (सूचना सहित)

उपत्यका प्रवेश गर्न नगरपालिकाको अनुमति अनिवार्य, यस्तो छ नयाँ नियम (सूचना सहित)

काठमाडौं । सरकारले काठमाडौ उपत्यका प्रवेश गर्नेहरुका लागि नयाँ नियम लागू गरेको छ । आईतबार गृह मन्त्रालयमा बसेको बैठकले उपत्यका प्रवेशको लागि नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको हो । सरकारले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरेको हो । गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनुपर्नेछ । निवेदन दिए पछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने छ । त्यस्तै काठमाडौं…