जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

काठमाडौं । जापानमा कोरोना भाइरसको खतराका कारण बन्द गरिएका आर्थिक गतिविधिहरुलाई पुनः सुचारु गर्न थालिएको छ । व्यापार व्यवसाय सञ्चालनका लागि सरकारी तवरबाट आग्रह गरिएको तर जबरजस्ती भने नगरिएको अधिकारीहरुले जनाएका छन् । रेस्टुरेन्टहरुलाई सकेसम्म धेरै सिटहरु कोठाभन्दा बाहिर बनाउन सुझाव दिएको पनि जनाइएको छ । कोरोना भाइरसको जोखिम अझै पनि उत्तिकै रहेकाले जुन सुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गरेर मात्रै गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । विश्वभरी नै नयाँ सामान्यतालाई ख्याल गर्दै पुरानै अवस्थामा फर्किने क्रम शुरु भइसकेकाले जापानमा पनि सतर्कता र सन्तुलनलाई ध्यान दिन लगाइएको छ…