मुक्तिनाथ विकास बैंककाे, ९५ औ शाखा दमकमा

दमक । मुक्तिनाथ विकास बैंकले झापाको दमकमा आफ्नो ९५ औ शाखा विस्तार गरेको छ । दमक शाखाको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । जनता बैकमा होइन बैक जनताकहा जानु पर्दछ भन्ने नारा बोकेको विकास बैंकले दमक नगरपालिका ५ दमक चौकमा रहेको आकासे पुल उतरको घरमा बैंकको शाखा स्थापना गरिएको बैंकका दमक शाखाका प्रमुख दिनेश लुइँटेलले जानकारी दिनुभएको छ । बैंकको उद्घाटन नगर प्रमुख रोमनाथ ओलीले गर्नुभएको हो । प्रमुख अतिथी ओलीले बैकले साना ब्यवसायीको हितमा काम गर्नु पर्नेमा जोड दिनु भएको छ । २०६३ सालमा स्याङजा जिल्लामा स्थापना भएको…