सरकारद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह, श्रम मन्त्रालयको स्वीकृतिमा वैदेशिक रोजगारीमा जान पाउने

सरकारद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह, श्रम मन्त्रालयको स्वीकृतिमा वैदेशिक रोजगारीमा जान पाउने

काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन । बैठकले देशैभरका क्वारेन्टिनस्थललाई थप व्यवस्थित गर्दै लैजाने र त्यसको अनुगमन र सहजीकरणको काम प्रदेश सरकारले गर्ने, क्वारेन्टिनमा रहेकाको शीघ्र…

करमा हेरफेर गर्न सकिन्छ : आर्थिक मामिलामन्त्री आङ्बो

काठमाडौं । प्रदेश नं १ को प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७’ लाई सर्वसम्मतिले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आजको बैठकमा सो विधेयकलाई पेश गरेका थिए । विधेयकमाथि प्रदेशसभा सदस्यहरु एकराज कार्की, ओमप्रकाश सरावगी, मोहनकुमार खड्का, राजकुमार ओझा र लीला सुब्बाले प्रदेशले करको दायरा बढाउन, राजश्व चुहावटमा नियन्त्रण गर्न तथा सानादेखि ठूला सबै फार्महरुलाई करको दायराभित्र ल्याउन सुझाव दिएका थिए । छलफलमा उठेका जिज्ञासामा आर्थिक मामिलामन्त्री आङ्बोले कोरोनाका कारण अर्थतन्त्रमा पर्न सक्ने प्रभावलाई कम गर्न अगामी दिनमा करमा हेरफेर गर्न…

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

काठमाडौं । लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २० पुगेको छ । भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ । भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच १५, १६ जुनको रातमा भिडन्त भएको थियो । भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ । मङ्गलवार केही अघि भारतले गलवान…

विपक्षीको शक्ति प्रदर्शनले राजधानीको ट्राफिक अस्तव्यस्त

सरोकार संवाददाता l पुस २२, काठमाडौँ – संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा (एमाले) सहित विभिन्न नौ विपक्षी दलले आज आयोजना गरेको जनप्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ ।   काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्गस्थित सभामा परिणत हुनेछ ।   सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।   विभिन्न स्थानबाट निक्लिएको जुलुसले राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।