सोमबारदेखि मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने

सोमबारदेखि मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने

काठमाडौं । सरकारले आज देखि मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू गरेको छ । सरकराले ट्राफिक प्रहरीलाई साईकल र मोटरसाईकलमा पनि जोरविजोर लागू गर्न परिपत्र गरेसँगै मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले भने, ‘हामीलाई स्पष्ट निर्देशन आइसकेको छ, अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ ।’ यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो ।