लायन्स क्लब अफ दमक इष्टर्न लायन्समा नयाँ नेतृत्व

दमक/झापाको दमकमा लायन्स क्लवहरुको नेतृत्व परिवर्तन हुने क्रममा लायन्स क्लव अफ इष्टर्नलाइनको नेतृत्व पनि परिवर्तन भएको छ ।सन् १०१८ १९ का लागि दमकका सफल ब्यवसायी एवं सामाजिक युवा बिमल शर्मा अध्यक्षको रुपमा चुनिएकाछन् । शुक्रबारदेखि उनले अध्यक्षको जिम्मेवारी पाएकाहुन् । डेन्जोङ लामाले शर्मालाइ पद हस्ताण्तरण गरेकाहुन् । पद हस्ताण्तरण कार्यक्रममा जोन चियर पर्सन प्रहर क्षेत्री लगायतको सहभागिता रहेको थियो ।संगम स्विट्स दमकका प्रोपाइटर शर्मा रेडक्रस दमकको कार्य समिति सदस्य तथा दमक जेसिजका पुराना सदस्य हुन् । युवाहरुमाझ लोकप्रीय शर्माले आफुलाइ यो जिम्मेवारी दिने सबैप्रति आभार प्रकट गर्दै सबैको साथ र सहयोगमा…