हिमालय एयरलाईन्सले कोलोम्बो र माल्दिब्भ्सबाट नेपाली ल्याउँदै, २९१ जना विदेशी स्वदेश फिर्ता

हिमालय एयरलाईन्सले कोलोम्बो र माल्दिब्भ्सबाट नेपाली ल्याउँदै, २९१ जना विदेशी स्वदेश फिर्ता

काठमाडौं । हिमालय एयरलाईन्सले मंगलबार कोलोम्बो र माल्दिब्भ्सबाट नेपालीहरु ल्याउने भएको छ । कम्पनीले बन्दा बन्दी (लकडाउन) कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई चार्टड उडानमार्फत नेपाल ल्याउन लागेको हो । योसँगै मंगलबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ४ ओटा अन्तरराष्ट्रिय उडान हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमालय एयरलाईन्सको दुई, कतार एयरको १ र कोरियन एयरको १ उडान हुनेछ । हिमालय एयरलाईन्सको जहाज स्वास्थ्य सामग्री लिनको लागि चीनको खाङसा जाने भएको छ भने कम्पनीको अर्को जहाज ४१ जना कोलोम्बीयाली नागरिक लिएर कोलोम्बो जाने तयारी भईरहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन…